☰ open

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरे

२०८१ मंसिर १०, सोमबार १६:२९
मिडियाखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले आज साँझ ५ बजेका लागि बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंसिर १७ गतेदेखि चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री ओलीले त्यसैको तयारीका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आज मात्रै उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्री तथा शीर्ष नेताहरुलाई बोलाएर सोही विषयमा छलफल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights