☰ open

सशस्त्र प्रहरी बल पर्सा द्वारा १३,४४,०२०।- बराबरको सामानहरु नियन्त्रणमा लिई भन्सार बुझाइयो

२०८२ जेष्ठ ३१, शुक्रबार १०:१९
मिडियाखबर

रामजी यादव २९ जेष्ठ पर्सा # सशस्त्र प्रहरी बल,नेपाल प्र.सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले बीरगञ्ज महानगर पालिका वडा नं.१६ नगवा गाउँ स्थित डम्पिङ साईट नजिक भारतबाट अवैध रुपमा भन्सार छली गरि ५ वटा साईकलहरुमा लोड गरि ल्याउँदै गरेको अवस्थामा रु.७,६७,९००।- बराबरको रेडिमेड कपडा, साईकल र उक्त चोरीपैठारी कार्यमा संलग्न ब्यक्तिले प्रयोग गरेको ना. १६. प ६२७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई मो.सा.को रु.१,५०,०००।- भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ।

साथै सोही दिन सशस्त्र प्रहरी बल नेपाल गुल्मले बीरगञ्ज महानगर पालिका -१६ स्थित बिभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली गरि लुकाई छिपाई विभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको मूल्य रु.४,२६,१२०।- बराबरको ईलेक्ट्रोनिक पार्टस लगायत अन्य सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटर पर्साका प्रबक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराउनु भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights