☰ open

पार्टीको वडा भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ ३२, शनिबार २२:२१
मिडियाखबर

रामजी यादव ३१ जेष्ठ पर्सा#
बहुदरमाई नगरपालिका वडानं.३ नगरदाहांमा राष्ट्रिय स्वतन्त्र पाटीको प्रथम वडा भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय स्वतन्त्र पाटीको बहुदरमाई नगर सभापति चन्दन यादवको अध्यक्षतामा बहुदरमाई न.पा.वडानं.३नगरदाहां र टोल पदमौलका गरि सयौको संख्यामा युवा तथा अभिभावकहरु बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पाटीमा प्रबेश गरेका हुन। राष्ट्रिय स्वतन्त्र पाटी गरिब,निमुखा,असहाय र पिडीतहरुको आवाज उठाउने र लडिरहने पार्टी भएकोले ईमान्दार सक्रिय ,निष्ठावान र मेहनती कार्यकर्ताको स्थान र प्राथमिकतामा राख्ने पाटी भएकोले सबै आदर्नीय उपस्थित महानुभावहरुले राष्ट्रिय स्वतन्त्र पाटीमा नै आउदो २०८४को चुनावमा आ-आफ्नो अधिकारको लागि अमुल्य मत दिई राष्ट्रिय स्वतन्त्र पाटीलाई बहुमतले जिताउन कार्यक्रमको प्रमूख अतिथी तथा केन्द्रिय सदस्य डा.नंदन यादवले बताउनु भयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता गरि बिभिन्न बक्ताहरुले पार्टीको बारेमा आ-आफ्नो धारणा राखेका थिए।बहुदरमाई नगर समितीको आयोजना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला तथा पार्टी प्रबेश कार्यक्रममा वडानं ३नगरदाहांमा राजकिशोर साहको सभापतित्वमा ११सदस्यीय समिती गठन गरेको छ।जसको उप-सभापतिमा राजु यादव,सचिवमा शत्रुधन प्र.यादव, सदस्य राजु कुमार गुप्ता,बनारसी साह, इम्तियाज आलम,सागर यादव महिलामा ललिता देबी,संगीता देबी,सितापति देबी,सकिना खातुन,दलित महिला सदस्यमा कुश्ती देबी पासवान रहेका छन।नगर सभापति चन्दन यादवको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति हरि पन्त, जिल्ला सचिव सुदीश प्रजापति, सदस्य पूर्न बहादुर सापकोटा, पूर्व जिल्ला सभापति दिलीप पटेल,यातायात बिभाग प्रमुख रामसुन्दर आर्य,युवा तथा खेलकुद प्रमुख आन्नद गुप्ता,जन सम्पर्क बिभाग उप-प्रमुख काशिम अंसारी,क्षेत्रिय सभापति फैयाज मियां लगायत स्थानीयहरू को उपस्थिति रहेको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights