☰ open

एमाले सचिवालय बैठक बस्दै

२०८२ चैत्र १७, मंगलवार ०९:४१
मिडियाखबर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो ।

गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।

आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा पनि पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान झिसमिसेमै पक्राउ गरेको थियो ।

उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले गत आइतबार प्रहरीलाई अनुमति दिएको थियो । साथै बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

यो पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भनेर आलोचना गर्दै आएको छ । ओली रिहाइको माग गर्दै एमाले जनसंगठनहरुले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights