☰ open

जेभिएस फाउन्डेसनको संरक्षकमा खाद्य बैंकका संस्थापक अध्यक्ष उप्रेति नियुक्त

२०८३ जेष्ठ १९, मंगलवार ०९:३८
मिडियाखबर

जेभिएस फाउन्डेसनले कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै राष्टिय खाद्य बैकका संस्थापक अध्यक्ष तथा सिइओ शंकरनाथ उप्रेतिलाई संरक्षकमा नियुक्त गरेको छ । उप्रेतिले कृषि क्षेत्रमा राम्रो काम गरेको प्रसंसा गर्दै उनलाई सोमबार फाउन्डेसनले संरक्षकमा नियुक्त गरि स्वागत तथा अभिनन्दन गरेको हो । फाउन्डेसनले गरेको कार्यक्रममा उप्रेतिलाई खादा तथा माला लगाई भब्य रुपमा स्वागत अभिनन्दन गरेको थियो । सोसँगै उप्रेतिले जेभिएस फाउन्डेसनलाई संरक्षकको रुपमा योगदान दिने भएका छन् । उप्रेतिले कृषि तथा स्वास्थ्य क्षेत्रमा ३ दशक भन्दा बढी समय ब्यतित गरिसकेका छन् ।
गैरनाफामुलक संस्थाको रुपमा शिक्षा, स्वास्थ्य, समुदाय विकास र सामाजिक अभियानमा आफना गतिविधिहरु केन्द्रित गर्दै आइरहेको जेभिएस फाउन्डेसन पुरानो सामाजिक संस्थामध्ये एक हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights