☰ open

अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

२ महिना
मिडियाखबर

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा रोमाञ्चक जित निकाल्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

खेलमा २ शून्यको सुरुवाती झट्का बेहोरेको अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। ७८ औँ मिनेटमा क्रिस्टियन रोमेरोले पहिलो गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा ल्याएका थिए।

कप्तान लियोनेल मेसीले ८२ औँ मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीको स्थितिमा पुर्‍याए। यसअघि पहिलो हाफमा मेसीले पेनाल्टी प्रहार गर्न चुके पनि दोस्रो हाफमा उनले उत्कृष्ट लय समातेका थिए।

खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया