☰ open

कबिता : खरानीमाथि उभिएका प्रश्नहरू

८ घण्टा
मिडियाखबर

लेखक : भुपेन्द्र थापा ‘ माधव’

शहरको एउटा चोकमा
आगो बलिरहेको थियो।
तर त्यो आगोले
एउटा शरीर मात्र जलाइरहेको थिएन,
त्यसले जलाइरहेको थियो-
नागरिक र राज्यबीचको भरोसा,
परिश्रम र अवसरबीचको दूरी,
र एउटा पुस्ताले बोकेको
भविष्यको अन्तिम उज्यालो।

त्यो आगोको राप
छालाभन्दा गहिरो थियो,
किनकि त्यो
रगतमा होइन,
समयमा लागेको घाउ थियो।

उसले आफैँलाई जलायो,
तर प्रश्नहरू बाँकी छोडेर गयो।

किन एउटा युवा
आफ्नै देशभित्र
आफ्नो भविष्यको खोजी गर्दै गर्दै
निराशाको किनारासम्म पुग्छ ?

किन उसका सपना
कार्यालयका ढोकामा अड्किन्छन् ?
किन उसका योजनाहरु
फाइलका चाङमुनि पुरिन्छन् ?
किन उसको परिश्रम
पहुँच र परिचयसँग हार्छ ?

देशले
उसलाई नागरिक भन्यो,
तर अवसर दिएन।
राज्यले
उसलाई आश्वासन दियो,
तर आशा दिन सकेन।
समाजले
उसलाई धैर्य सिकायो,
तर सुन्ने कान दिएन।
र एक दिन
उसले आगोसँग कुरा गर्‍यो।

त्यसपछि
संसद बोल्यो,
सडक बोल्यो,
माइकहरू खुले,
विज्ञप्तिहरू आए,
आरोपहरू उडे,
प्रत्यारोपहरू फर्किए।

कसैले सरकारलाई दोष दियो,
कसैले प्रणालीलाई,
कसैले परिस्थितिलाई।
तर आगोको भाषा
खरानीमाथि उभिएका प्रश्नहरू
शहरको एउटा चोकमा
आगो बलिरहेको थियो।

तर त्यो आगोले
एउटा शरीर मात्र जलाइरहेको थिएन,
त्यसले जलाइरहेको थियो-
नागरिक र राज्यबीचको भरोसा,
परिश्रम र अवसरबीचको दूरी,
र एउटा पुस्ताले बोकेको
भविष्यको अन्तिम उज्यालो।

त्यो आगोको राप
छालाभन्दा गहिरो थियो,
किनकि त्यो
रगतमा होइन,
समयमा लागेको घाउ थियो।

उसले आफैँलाई जलायो,
तर प्रश्नहरू बाँकी छोडेर गयो।

किन एउटा युवा
आफ्नै देशभित्र
आफ्नो भविष्यको खोजी गर्दै गर्दै
निराशाको किनारासम्म पुग्छ ?
किन उसका सपना
कार्यालयका ढोकामा अड्किन्छन् ?
किन उसका योजनाहरू
फाइलका चाङमुनि पुरिन्छन् ?
किन उसको परिश्रम
पहुँच र परिचयसँग हार्छ ?

देशले
उसलाई नागरिक भन्यो,
तर अवसर दिएन।

राज्यले
उसलाई आश्वासन दियो,
तर आशा दिन सकेन।

समाजले
उसलाई धैर्य सिकायो,
तर सुन्ने कान दिएन।
र एक दिन
उसले आगोसँग कुरा गर्‍यो।

त्यसपछि
संसद बोल्यो,
सडक बोल्यो,
माइकहरू खुले,
विज्ञप्तिहरू आए,
आरोपहरू उडे,
प्रत्यारोपहरू फर्किए।

कसैले सरकारलाई दोष दियो,
कसैले प्रणालीलाई,
कसैले परिस्थितिलाई।
तर आगोको भाषा
दोषभन्दा ठूलो थियो।

त्यो जवाफ खोजिरहेको थियो।
गृहमन्त्रीले भने-
रातभर अस्पतालमा बसेँ।
सायद बसे होलान्।
सायद त्यो मानवीय संवेदना थियो।

तर प्रश्न अझै बाँकी छ-
राज्य अस्पतालसम्म पुग्नु ठूलो हो
कि नागरिकलाई
अस्पताल पुग्नै नपर्ने अवस्था बनाउनु ?
घटना भएपछि संवेदना देखाउनु ठूलो हो कि घटना हुनुअघि
आशा जोगाइदिनु ?

किनकि
नागरिकले
रातभर अस्पतालमा बसेको राज्यभन्दा
जीवनभर साथ दिने राज्य खोजिरहेका छन्।
विपक्षीले आवाज उठायो,
उठाउनैपर्थ्यो।
लोकतन्त्रमा प्रश्नहरू उठ्नुपर्छ,
जवाफहरू मागिनुपर्छ।
तर एउटा प्रश्न
प्रतिपक्षतिर पनि फर्किन्छ—
के पीडा
नाराको इन्धन बन्नका लागि जन्मिन्छ ?
के मृत्यु
राजनीतिक लाभको सामग्री बन्नका लागि आउँछ ?
लासमाथि उभिएर
जितिएका बहसहरू
इतिहासले धेरै पटक हारेका देखेको छ।
राखको थुप्रोमाथि उभिएर
राजनीतिक झण्डा फहराउनु
विजय होइन।
त्यो त
हामी सबैको पराजय हो।

अब
हामीले दोषी मात्र होइन,
दिशा खोज्नुपर्छ।
राज्यले
जवाफदेही हुन सिक्नुपर्छ।
राजनीतिले
संवेदनशील हुन सिक्नुपर्छ।
संस्थाहरूले
नागरिकलाई कागज होइन,
मानिसको रूपमा हेर्न सिक्नुपर्छ।
परिवारले
मौनतालाई पनि सुन्न सिक्नुपर्छ।
समाजले
पीडालाई तमासा होइन,
साझा जिम्मेवारी ठान्न सिक्नुपर्छ।

युवाले-
हो, युवाले पनि
निराशाको अन्धकारभन्दा पर
एउटा उज्यालो सम्भावना बाँकी छ भन्ने विश्वास
जोगाइराख्नुपर्छ।

किनकि
देशहरू युद्धले मात्र भत्किँदैनन्,
आशा हराएका युवाले पनि
देशहरू भत्किन्छन्।

देशहरू
भवनहरूले मात्र बन्दैनन्,
सपनाहरूले बन्छन्।

त्यसैले
अब युवाको जलेको पीडामाथि
आतंकको मशाल होइन,
समाधान र संवेदनाको दीप जलाऔँ।

किनकि
जलेका शरीरहरू
एक दिन खरानी हुन्छन्,
तर उनीहरूले छोडेका प्रश्नहरू
पुस्तौँसम्म
राष्ट्रको अन्तःकरणमा
बलिरहन्छन्। अस्पतालमा बसेँ।
सायद बसे होलान्।
सायद त्यो मानवीय संवेदना थियो।

तर प्रश्न अझै बाँकी छ,
राज्य अस्पतालसम्म पुग्नु ठूलो हो
कि नागरिकलाई
अस्पताल पुग्नै नपर्ने अवस्था बनाउनु ?
घटना भएपछि संवेदना देखाउनु ठूलो हो
कि घटना हुनुअघि
आशा जोगाइदिनु ?

किनकि
नागरिकले
रातभर अस्पतालमा बसेको राज्यभन्दा
जीवनभर साथ दिने राज्य खोजिरहेका छन्।
विपक्षीले आवाज उठायो,
उठाउनैपर्थ्यो।
लोकतन्त्रमा प्रश्नहरू उठ्नुपर्छ,
जवाफहरू मागिनुपर्छ।
तर एउटा प्रश्न
प्रतिपक्षतिर पनि फर्किन्छ,
के पीडा
नाराको इन्धन बन्नका लागि जन्मिन्छ ?

के मृत्यु
राजनीतिक लाभको सामग्री बन्नका लागि आउँछ ?
लासमाथि उभिएर
जितिएका बहसहरू
इतिहासले धेरै पटक हारेका देखेको छ।

राखको थुप्रो माथि उभिएर
राजनीतिक झण्डा फहराउनु
विजय होइन।
त्यो त
हामी सबैको पराजय हो।

अब
हामीले दोषी मात्र होइन,
दिशा खोज्नुपर्छ।
राज्यले
जवाफदेही हुन सिक्नुपर्छ।
राजनीतिले
संवेदनशील हुन सिक्नुपर्छ।
संस्थाहरूले
नागरिकलाई कागज होइन,
मानिसको रूपमा हेर्न सिक्नुपर्छ।
परिवारले
मौनतालाई पनि सुन्न सिक्नुपर्छ।
समाजले
पीडालाई तमासा होइन,
साझा जिम्मेवारी ठान्न सिक्नुपर्छ।
र युवाले-
हो, युवाले पनि
निराशाको अन्धकारभन्दा पर
एउटा उज्यालो सम्भावना बाँकी छ भन्ने विश्वास
जोगाइराख्नुपर्छ।

किनकि
देशहरू युद्धले मात्र भत्किँदैनन्,
आशा हराएका युवाले पनि
देशहरू भत्किन्छन्।

देशहरू ठुला-ठुला भवनहरूले मात्र बन्दैनन्,
सपनाहरूले बन्छन्।
त्यसैले
अब युवाको जलेको पीडामाथि
आतंकको मशाल होइन,
समाधान र संवेदनाको दीप जलाऔँ।

किनकि
जलेका शरीरहरू
एक दिन खरानी हुन्छन्,
तर उनीहरूले छोडेका प्रश्नहरू
पुस्तौँसम्म
राष्ट्रको अन्तःकरणमा
बलिरहन्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया