☰ open

कर्णाली प्रदेशसभाको बैठक स्थगित

२०७९ असार २३, बिहीबार १८:३८
media khavar

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज १ः०० बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा विहिबार बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरुका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।

“प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिको मस्यौदा बनेको छ”, उनले भने, “तथापि सहमतिको मस्यौदाले भोलि मात्र पूर्णता पाउने भएकाले बैठक आजका स्थगित गरिएको हो ।” शुक्रबार बिहान ८ः०० बजे पुनः सर्वदलीय बैठक बसेर र त्यसपछि प्रदेशसभा बैठक दिउँसो १ः०० बजे बस्ने गरी तयारी गरिएको सचिव बुढाथोकीले जानकारी दिए ।

प्रतिपक्षी एमालेले आगामी आव २०७९÷०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेशसभाको १८औँ बैठकमा अवरोध गरेपछि असार १२ गतेदेखि बैठक चल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights