☰ open

बसले किचेर सहचालकको मृत्यु

२०७९ असार २६, आईतवार १५:४९
मिडियाखबर

चितवनमा बसले किचेर एक जनाको मृत्यु भएको छ । बस मर्मत गर्ने क्रममा आइतबार सोही बसले किचेर भरतपुर महानगरपालिका वडा नम्बर २४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको छ ।

बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights