☰ open

सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि

२०७९ श्रावण ६, शुक्रबार १४:१०
media khavar

आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ छ। उक्त सुनको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार १६५ रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights