☰ open

हाम्रो समाज र राजनीतिको बर्तमान अंतर्विरोधहरु

२०७७ फाल्गुन २, आईतवार १४:४५
मिडियाखबर

संजय प्रसाद पौडेल

२००४, २००७, २०१५, २०१९, २०४७, २०६३ र २०७२ को संबिधान बनाईसक्दा हामी विश्वमा सबैभन्दा धेरै संबिधान बनाउने बहादुरहरुमा पर्छौ। हामिले जहिल्यै संबिधानमा समस्या देख्यौ। अर्थात प्रयोगसालाको मेसिनमा समस्या देख्यौ। हामिले प्रयोगशालामा कार्बन डाईअक्साईड ( co2) को रसाएन हाल्यौ तर परिणाम खोज्यौ अक्सिजनको। हामीलाई यो चेत कहिल्यै भएन कि त्यो रसाएन मिसाएर ग्याँस बनाउने रसायनशास्त्री योग्य हो कि होईन ? उसलाई अक्सिजन ग्याँस बनाउन आऊँछ कि आऊँदैन ? त्यो अयोग्य रसाएनसास्त्री आफू अक्सिजन ग्याँस बनाउन जान्दैन अनि भन्छ, ” प्रयोगशालाको मेसिन खराब छ। खन्याउन त अक्सिजनकै रसाएन हालेको हो मैले। तर प्रयोगशालाको मेसिन बिग्रेकाले अक्सिजन ग्याँस बनेन कार्बनडाईअक्साईड बन्यो। ” हामी पनि पत्याउँदै गयौ।

प्रयोगशालाको मेसिन फेर्दै गयौ। कहिले भारतीय मेसिन किन्यौ। कहिले बेलाईती किन्यौ। कहिले दिल्ली गएर किन्यौ। कहिले बेलाएतबाट मान्छे मगाएर यहि प्रयोगशाला बनायौ। कहिले चाईनिज रसाएन हाल्यौ त कहिले अमेरिकन। कहिले BRI त कहिले INDO PACIFIC को रसाएन हाल्यौ। तर प्रयोगशालामा हालिने रसाएन र रसाएन घोलेर हाल्ने मान्छे के साच्चिकै अक्सिजन बनाउन जान्दछ ? यो प्रश्न कहिल्यै गरेनौ। अब प्रयोगशालामा एउटै रसाएन बारम्बार हाल्ने अनि फरक परिणाम खोज्ने ? यस्तो मुर्खता कति सहेर बस्ने ? समस्या प्रयोगशालामा होइन समस्या त घोलिने रसाएन र रसाएनसास्त्रीमा छ। जब सम्म रसाएन र अयोग्य रसायनशास्त्री फेरिदैन प्रयोगशालाले फरक परिणाम दिन्छ भनठान्नु भ्रम बाहेक केही होईन।

दुर्भाग्यवश २०१५ सालमा बनेको दुई तिहाईको सरकार पनि राजा महेन्द्रको अपहरणमा पर्यो। २०४६ को व्यापक परिवर्तन पछि आएको नेपाल अधिराज्यको संविधान २०४७ अन्तर्गत बनेको नेपाली काङ्ग्रेसको पुर्ण बहुमतको सरकारले पनि पाँच बर्स सरकार चलाउन सकेन र २०५१ मा तत्कालीन प्रम गिरिजाप्रसाद कोइरालाले आन्तरिक किचलो ३६ से र ७४ रे को कारणले संसद विघटन गरे। त्यस पछि एउटा लामो काल खण्ड हिँसा र असान्तीमा बित्यो। सान्ति प्रकियामा नेपाल प्रवेश गरे पछि अन्तरिम संबिधान २०६३ जारि भयो। त्यसले धेरै राजनीतिक कुरालाई सम्बोधन गर्दै देशमा संबिधान सभाको चुनाव २०६४ घोषणा गर्यो । तर २०६४ चैत्र २८ गते सम्पन्न भएको पहिलो संबिधान सभाले संबिधान निर्माण गर्न सकेन। फेरी दोस्रो संबिधान सभाको चुनाव सम्पन्न भयो। त्यसपछि नेपालको संविधान २०७२ जारि भए पछि महानिर्बाचन २०७४ सम्पन्न भयो। त्यसले कम्युनिस्टहरुलाई झन्डै दुई तिहाई मत दिएर सरकारमा पठायो। तर झन्डै दुई तिहाईको सरकार पनि चल्न नसकेर प्रम ओलिले संसद विघटन गरे। दुई तिहाईको सरकार नचलेर अब कस्तो चाहिँ सरकार चल्छ त भनेर नेपाली जनमानसमा प्रश्न उठेको छ। हामी कसको गोटिको सिकार भैराखेका छौ ? यो यक्ष प्रश्न आज जताततै उठेको छ। हामी किन यति बिघ्न अभिसप्त भयौ ? कतै हामिलाई असफल राष्ट्र बनाउने खेल त भैराखेको छैन ?

भारतिय गुप्तचर संस्था “रअ” (Research and Analysis Wing) का प्रमुख सामन्त कुमार गोयलसंग नेपालका प्रधानमन्त्रीले प्रोटोकल बिर्सेर भेटघाट गरेका छन। यसले फेरि कुटनैतिक जगतमा हल्लि खल्ली मच्याएको छ। भनिन्छ, कुटनितिमा हाँच्छिउको पनि अर्थ हुन्छ। हामी कति निरीह छौ र हाम्रो मानसिकता कति लघुताभासले ग्रसित छ , यसबाट पुस्टी हुन्छ। हिजो भारतका विशेष दुत एस जय शंकरले यसै गरि हामिलाई संबिधान जारि हुने अन्तिम समयमा भेटेका थिए जसले एक हदसम्म गम्भीर समस्या निम्त्याएको थियो। एउटा भारतिय कर्मचारीले ढोकाबाट भन्दा झ्यालबाट नेपालका प्रधानमन्त्री लगाएतसंग भेट्छन् भने हामी बतिसे( Just pass) राजनिती गरिरहेका छौ भन्ने प्रष्ट छ। यस्तो खाले Just Pass को राजनितिले विश्व राजनैतिक रङ मन्चमा पछाडिको लाईनबाट भने पहिला चाहिँ अबस्य भईन्छ। गोयलले प्रम ओलिलाई भेटे देखिनै नेपालको राजनैतिक आकाशमा शंकाको बादल मडारिन थालेको थियो जुन संसद विघटनमा गएर टुंगियो। देश अस्थिरताको भुमरीमा फेरी पस्यो। यसबाट निकास पाउँन त्यति सजिलो भने छैन । आजको नेपाली समाज र राजनीतिको अंतर्विरोधहरुनै यहि हो भन्ने मलाई लाग्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights