मिडियाखबर
संजय प्रसाद पौडेल
देशमा कोविड- १९ को संकट शुरु भएसंगै नागरिकहरुमा प्रबिधि मैत्री हुनु पर्ने चेतना बढेको कारण सुचना तथा प्रसारण बिभाग , संचारग्राम , काठमाडौमा अनलाईन पत्रिका गर्ता गर्नेको भिड बढेको छ । श्रोतका अनुसार गत आइतबार सम्म २ हजार ४ सय ७ को शंख्यामा अनलाईन पत्रिका दर्ता भएको सुचना प्राप्त भएको थियो।
प्रिन्ट मिडिया प्रकासन गर्न झन्झटिलो र महँगो भएको तथा रु दसको हुलाक टिकट बाहेक अन्य कुनै शुल्क नलाग्ने कारणले गर्दा पनि संचार ब्यबसायी हरु अनलाईन पत्रिका तिर मोडिएका हुन्। कतिपय शिक्षित जनशक्ति कोविड – १९ का कारणले देश बाहिर र भित्र दुवै तिर रोजगारीको कुनै अवसर नदेख्दा अनलाईन दर्ता गरि स्वरोजगार तिर लागेका हुन्।
कुनै पनि संचार संस्थाले अनलाईन पत्रिकामा दर्ता हुन सम्पादक सहित कम्तिमा ३ जना श्रमजीवि पत्रकार / कामदारको सुची शुचना तथा प्रसारण विभागमा बुझाउनु पर्छ। यसका साथै संचार संस्थाले श्रम एनले तोकेको न्युनतम पारिश्रमिक श्रमजीवि पत्रकार / कामदारलाई भुक्तानी गर्नु पर्ने प्रतिबद्धता पत्र र श्रमजीवि पत्रकार / कामदारको बैंक खाता पेश गर्नु पर्छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया