☰ open

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

१ दिन
मिडियाखबर

काठमाडौँ १० कार्तिक, २०८३

बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै यसबारे जानकारी गराएको हो।

चक्रवातको प्रभावले कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन आउनेछ। विशेषगरी शुक्रबार र शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ।

धानबाली भित्र्याउने बेला हुन लागेको वर्षाले कृषकहरूलाई असर पार्ने देखिएको छ। साथै, चिसो बढ्ने, बाढी, पहिरो, सडक अवरोध र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया