मिडियाखबर
संजय प्रसाद पौडेल
बिगत केहि बर्षदेखि चुरे संरक्षणमा सरकारले निकै ध्यान पुर्याउन थालेको छ । सरकारले चुरे संरक्षणका लागि २०७४ सालमा राष्ट्रपति चुरे तराई-मधेश विकास संरक्षण समिति गठन गरि चुरे तराई- मधेश संरक्षण तथा व्यबस्थापन गुरु योजना तयार परेको हो। चुरेको दोहन बिगत केहि दसक देखि व्यापक मात्रामा हुँदै आई रहेको थियो। बिगतमा राजनीतिको कारणले पनि चुरेको बिनास हुदै आईरहेको थियो। २०३६/३७ को राजनैतिक संक्रमण कालमा चुरेको व्यापक दुरुपयोग तत्कालिन सत्ता पक्षले गरेको थियो।
राजनीति, चेतनाको अभाव, जथाभावी चरी चरन, डढेलो, भुमिहिन सुकुम्बासीको बसोबास , चोरी तस्करीका कारणले पनि चुरे क्षेत्रको बिनास हुदै आईरहेको थियो। करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पुर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरुमा फैलिएको र कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ ।
अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ । केन्द्रस्तर, प्रदेस स्तर, स्थानीय तह, स्थानीय स्तर गरि चार भागमा सांगठनिक स्तर विस्तार गरेको छ। अहिले १६४ नदि प्रणाली मध्ये राष्ट्रपति चुरेले ६४ वटा नदि प्रणालीमा काम गरि रहेको छ। जनकपुर, मोरंगको सलकपुर,चितवन लगाएत पनि चुरे क्षेत्र भित्रै पनि चुरे,दुन, भावर, तराई मधेस गरि चार भागमा भौगोलिक बिभाजन गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया