२०७७ फाल्गुन १३, बिहीबार १३:३१
मिडियाखबर
संजय प्रसाद पौडेल
कोरोना भ्याक्सिनको खोप नेपालमा आई सके पनि कतिपयलाई भने अहिले पनि उक्त खोप लगाउन शंका लागि रहेको छ। समनोवैज्ञानिक डरकारले अब दोस्रो चरणका लागि ५५ बर्ष देखि माथिका ज्यष्ठ नागरिककालागि यहि फाल्गुनको दोस्रो साता देखि कोरोना भ्याक्सिन बिरुद्धको खोप दिन लागेको हो। कोरोना भ्याक्सिन बिरुद्धको खोप लगाउनु भन्दा अगाडी कतिपयलाई मनोवैज्ञानिक डर, त्रास हुने भएकोले पनि कतिपयले खोप लगाउन मानि रहेको छैनन। यस भन्दा अघि हात्ती पाईले रोग विरुद्ध औषधि खादा कतिपय बिरामी परेको, अस्पताल भर्ना भएको समाचारहरु प्राप्त भएको थियो। कतिपय भने कोरोना भ्याक्सिन बिरुद्धको खोपको अझै १०० प्रतिसत विश्वसनीयता नभई सकेकोले पनि भोलि आउने शारीरिक स्वास्थ प्रतिक्रिया प्रति सजग भएको पाईन्छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया