☰ open

स्थाई र केन्द्रिय कमिटिको बैठक बोलाउने प्रचण्ड – माधव समुहको निर्णय

२०७७ फाल्गुन १७, सोमबार १२:४४
मिडियाखबर

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई तत्काल दलको आधिकारिकता निरूपण गरिदिन ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी समस्या खडा भएको भन्दै तत्काल टुंगो लगाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गरेको छ । प्रवक्ता नाारयणकाजी श्रेष्ठले जानकारी एक दुई दिनभित्रै बैठक बस्ने जानकारी दिएका छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारेसमेत छलफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights