☰ open

प्रचण्ड माधव समुहको स्थाई कमिटिको बैठक बस्दै

२०७७ फाल्गुन २४, सोमबार ११:२८
मिडियाखबर

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा कानुन व्यवसायीले पुनरावलोकनमा जानसमेत सुझाव दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights