☰ open

सर्बोच्चको फैसलासंगै धमिलो पानीमा माछा मार्दै दलहरु

२०७७ फाल्गुन २४, सोमबार १५:३६
मिडियाखबर

संजय प्रसाद पौडेल

काठमान्डौ

गत फाल्गुन ११ गते संसद बिघटनको फैसला सर्बोच्चले बदर गरेसंगै मुलुकमा नयाँ राजनैतिक तरंग आएको छ भने हिजो आईतबार सर्बोच्चले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपालाई बैधानिकता दिए पछि नेपालको राजनीतिमा एउटा नयाँ तरंग आएको छ। अब आफुलाई नेकपा भनेर दावी गर्नेहरु ३ बर्ष पछि धकेलिएका छन्।

नयाँ राजनीतिक सुरुवात होइनकि अब फेरी पुरानै अर्थात् ०५१ देखि ०५६ सम्मको गणितीय राजनीतिको युग त्यस पछि ०५६ देखि ०५९ सम्मको संसदीय कालखण्ड र फेरी ०६२ /६३ पछिको नयाँ परिवर्तन पछि बनेको नयाँ सत्ता समीकरण र गणितीय जोड घटाऊको पुनरावृति हुन सक्ने सम्भावना छ। अहिले तत्कालिन एमाले संग १२१ सिट छ। त्यसतै कांग्रेस संग ६३ सिट छ। र, तत्कालिन माओवादी र जसपा संग क्रमस ५३ र ३४ सिट छ। अन्य ४ सिट स्वतन्त्र छन।

यस्तो अवस्थामा अबको राजनैतिक समीकरण ४ किसिमले हुने देखिन्छ। पहिलो समीकरण: पुनस्थापित माओवादी केन्द्र र एमालेकै गठबन्धनमा ओली नेतृत्वको निरन्तरता वा नेतृत्व परिवर्तन गरेर भए पनि सरकार बनाउने विकल्प छ। दोस्रो समीकरण: एमालेलाई बाहिर राखेर माओवादी केन्द्र, जसपा र कांग्रेसको नेतृत्वमा सरकार बनाउने।

तेस्रो समीकरण, एमाले र जसपा नेतृत्वको सरकार बनाउने। र, चौथो विकल्प भनेको, पुनस्थापित एमाले र कांग्रेसको नेतृत्वमा सरकार बनाउने। अहिले दलहरु गणितीय लेखाजोखामा ब्यस्त छन्। यिनै अन्दाज, अनुमान र आँकडा बीच दलहरु धमिलो पानीमा माछा मारी रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights