☰ open

चिनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी र समृद्धि रहस्य

२०७९ जेष्ठ २५, बुधबार ०८:५२
मिडियाखबर

नन्दलाल खरेल

चिनियाँ कम्युनिष्ट पार्टीले १ जुलाइमा आफ्नो स्थापनाको एक शताब्दी वर्ष भव्य समारोहवीच मनायो । पार्टी विघटनको आशा र ज्ञान विज्ञान प्रविधिमा कमजोर आकलन गरेका वसेका पश्चिमी शक्तिलाई आश्चर्य चकित बनाएको छ । सन् १८४० को दशकदेखि १९४९ सम्म साम्राज्यवादको दवदबा सहेर र पछाडि पारिएको चीनले कम्युनिष्ट पार्टीको नेतृत्वमा पछिल्लो ७२ वर्षमा अद्भूत परिवर्तनमा अग्रणी भूमिका खेलेको छ । चीन अहिले अमेरिका पछिको विश्वकै शक्तिशालीको रुपमा उदाएको छ । विश्वशक्तिका रुपमा आर्थिक, सैन्य र प्रविधिमा गरेका विकासका कारणले अमेरिका र पश्चिमा जगतहरुलाई आतंकित र नीद हराम बनाएको छ । केहि महिना अघि मात्रै चीनले आधारभूत तहको गरिवी समाप्त गरेको घोषणा गरेको छ । चार दशकको निरन्तर आर्थिक उन्नतिमार्फत ७० करोड जनसंख्यालाई निरपेक्ष गरिविबाट मुक्त गरी विश्वकै अद्भूत नयाँ रेकर्ड कायम गरेको छ । संभवत यति ठूलो जनसख्यालाई त्यो समायावधिमा गरिवीबाट मुक्त गर्ने काममा चीन विश्वकै पहिलो हो ।

सि चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीका पाँचौ पुस्ताका नेता हुन । उनी अब्वल र दुरदर्शी नेता हुन् । उनले सफलापूर्वक चीनलाई समृद्धितर्फ डो¥याइरहेका छन् । सी राष्ट्रपति भएपछि चीन सबै क्षेत्रलाई समेटेर विश्वशक्ति वन्ने दौडमा छ । अमेरिकाको सबैभन्दा ठूलो शक्ति हो प्रविधि । प्रविधिको क्षेत्रमा अमेरिका जति विकसित देश सायदै अर्को कुनै नहोला । अहिले कम्युटर तथा मोबाइलमा चल्ने सबै अपरेटिङ सिस्टम अमेरिकाकै हुन । एण्ड्रोइड, आइओएसएस, विण्डोज, लिनक्स , म्याकओएस आदि । त्यतिमात्र होइन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रोबोटिक्स, चिकित्सा, अन्तरीक्ष लगायत विज्ञान तथा प्रविधिका सबै महत्वपूर्ण विद्यामा अमेरिकाले लामो समयदेखि एकलौटी राज गरिरहेको छ । तर, चीनलाई हरेक क्षेत्रको शीर्षस्थानमा पुग्नु जरुरी छ । चीनको एकमात्र लक्ष्य ‘ग्लोबल डोमिनेन्स’ हो । राष्ट्रपति सीले २०१८ मा घोषणा गरेका थिए, ‘चीनको मुख्य लक्ष्य भनेको २१ औं शताब्दीको विज्ञान र प्रविधिमा विश्वव्यापी प्रभुत्व जमाउनु हो ।’

चीन अहिले चिनियाँ विशेषतासहितको समाजवादको यात्रामा अघि बढेको छ । चीनमा अहिले राष्ट्रवाद बलशाली भएको छ । त्यतिमात्र होइन उसले माक्र्सवाद, वजार समाजवाद र कन्फुसियसको व्यवहारवादी अध्यात्मवादको सम्रिश्षण गरेर अघि वढिरहेको छ । चीनले आफ्नो सस्तो मजदुर र कमसल उत्पादन गर्ने देशको छवि हटाउन ‘मेड इन चाइना २०२५’ योजना शुरु गरेको छ । यो अभियान अन्तर्गत चीनले २०२५ सम्ममा उच्चस्तरिय एवं महत्वपूर्ण उत्पादन तथा सेवा दिने लक्ष्य राखेको छ । यस अन्तर्गत चीनले १० वटा उद्योग रोजेको छ । ती १० उद्योगमा सूचना प्रविधि, रोवोटिक्स, हरित उर्जा, अन्तरिक्षसम्बन्धी उपकरण सामुन्द्रिक इन्जिनियरिङ्, रेल्वे, उर्जा, औषधी तथा चिकित्सा, कृषि उपकरण र नवीनतम खोज रहेको छन् । यी सबै उद्योग विज्ञान तथा प्रविधिअन्तर्गत पर्छन । त्यसैले चीनको लक्ष्य प्राविधिक सर्वोच्च मार्फत विश्वव्यापी प्रभूत्व रहेको छ ।

सन् १९२१ मा मात्र स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीले च्याङकाइ सेक नेतृत्वको सरकार, जापानी साम्रज्यसँगको पेचिलो लडाइँसँगै दीर्धकालीन जनयुद्धको कार्यनीति अवलम्बन गर्दै विजय प्राप्त गरी १ अक्टोबर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएको थियो । चीनको लोभलाग्दो आर्थिक विकासमा माओ, देङ साओपिङ र सी चिनफिङको महत्वपूर्ण भूमिका छ । माओले २७ वर्ष चीनको नेतृत्व गरे । माओले चीनलाई स्वतन्त्रता दिलाए । देङले चीनलाई धनी बनाए र सी चिनफिङले चीनलाई विश्वस्तरमा चिनाए । सि अझ व्यापक रूपमा आफ्नो प्रभाव छर्दैछन् । चीनमा माओत्सेतुङपछि आर्थिक क्रान्ति ल्याएको श्रेय नेता देङ साओपिङलाई जान्छ । देङ साओपिङले चीनमा आर्थिक क्रान्ति सुरु गरेको सन् २०२१ मा ४३ वर्ष पूरा भएको छ । त्यसलाई उनी दोस्रो क्रान्ति भन्ने गर्दथे । उक्त आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश ग¥यो । आजको मितिमा चीन विश्वको यस्तो देश भएको छ । जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चित छ । देङ साओपिङले सुरु गरेको सामाजिक आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा सायदै नभेटिएला सन् १९७८ देखि २०१६ को बीचमा चीनको जिडिपीमा ३२३० प्रतिशतले वृद्धि भएको छ । यसबीचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरू मध्यम वर्गको रूपमा परिणत भए । चीनको वैदेशिक व्यापार २०१५ सम्म आइपुग्दा १७ हजार प्रतिशतले बढ्यो भने २०२१ सम्म आइपुग्दा त्यो प्रतिशत झन् अझ बढी छ । सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले चीनले दुई दिनमै गर्छ । हार्वर्ड विश्वविद्यालयमा सामाजिक विज्ञान पढाउने प्राध्यापक एजा फोगेलले देङ साओपिङको जीवनी लेखेका छन् ।
माओको निधनपछि चीनले फरक प्रकारको आर्थिक नीतिमा आपूmलाई डो¥यायो । माओको निधनपछि चीनले चिनियाँ विशेषतासहितको समाजावादी अर्थतन्त्रको नारा दिँदै आर्थिक सुधारका प्रयास ग–यो । त्यो नीतिलाई देङ साओपिङले शुरुवात गरे । माओको नीतिलाई संशोधन गर्दै देङले समाज सबल बनाउन वर्ग संघर्षभन्दा उत्पादनमा जोड दिनुपर्ने नीति ल्याए । समाजवादको लक्ष्य हासिल गर्न उत्पादन शक्तिको विकासको नीति अवलम्बन गरे देङले । माओ र देङको सबैभन्दा ठूलो सफलता चीनको गरिबी निवारण हो । ग्रामीण अर्थतन्त्र सुधार गर्नुपर्ने माओको नीतिलाई परिष्कृत गर्दै किसानका लागि बजार निर्माण गर्ने काम गरे देङले ।
माओले सुरुवात गरेको नयाँ जनवादी अर्थव्यवस्थाको जगमा देङले सुधारको नाम सुरु गरेका थिए । उनले सम्पूर्ण जमिनलाई सरकारीकरण गरे । तर, ठूला उत्पादन कम्पनीले जमिन भाँडामा लिन पाउने व्यवस्था गरे । विदेशीले जमिन भाडामा लिएर उद्योग तथा व्यवसाय गर्न पाउने व्यवस्था गरेका थिए । किसानले आफ्नो वचत अन्नबालीहरू बिक्री गरी आयआर्जन गर्न पाउने भए । बजार खुला भयो । सरकारले नियन्त्रण गर्ने शर्तमा स्वदेशी तथा विदेशी पुँजीपतिलाई कारखाना सञ्चालन गर्न दिइयो ।
विदेशी पुँजी र प्रविधि देशमा भित्र्याउने अभ्यास सुरु भयो चीनमा । तर हवाई यातायात, रेलवे सेवा, जल परिवहन, खानी, सञ्चार तथा बैंक भने सरकारले नै सञ्चालन ग–यो । विदेशी पुँजी प्रविधिको सहयोगमा चीनले आफ्नै विकास ग–यो । ठूला भौतिक पूर्वाधार र रेल प्रविधिमा चीन आज विश्वकै अग्रणी देश हो ।
चिनियाँ समृद्धिमा सी चिनफिङको श्रेय उच्च छ । उनले चीनलाई विश्वस्तरमा पु–याउने अभ्यास गरिरहेका छन् । चीनको कम्युनिष्ट राजनीतिक स्थायित्वको निम्ति राज्य पार्टी नियन्त्रणमा राख्न चाहन्छन् । सीको राजनीतिक सुधार भन्नु नै राज्य संरक्षणबाट भ्रष्टाचार निर्मूल गर्नुको साथै संगठनात्मक अनुशासन सुदृढ गर्नुमा सीमित छ । भ्रष्टाचारबाट चिनियाँ कम्युनिष्ट पार्टी चुकेको छैन । कम्युनिष्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीको विधानमा सर्वोच्च नेता माओ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई नयाँ युगको चिनियाँ विशेषतासहित समाजावदबारे सि चिनफिङको विचार भन्ने नारा समाविष्ठ गरेको छ । चीनमा हालसम्म त्यस्तै सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र देङ साओपिङलाई मात्रै दिइएको थियो । आपूm चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव भएपछि सिले इतिहासकै सबैभन्दा महत्वाकांक्षी विकासको अन्तर्राष्ट्रिय योजना बिआरआई अगाडि सारे । जसले पुरानो रेशम मार्गलाई २ हजार वर्षपछि नयाँ रूपमा ब्युँताउँछ र एशिया, अफ्रिका, युरोप र आसियानका करिब ७० मुलुकलाई तथा ६२ प्रतिशत विश्वका जनतालाई प्रत्यक्ष समेट्छ । बिआरआई यस्तो मञ्च हो । जहाँ विभिन्न मुलुकले व्यापार, लगानी र नाफाका कुरा गर्छन् । त्यस अर्थमा यो आफैँमा सबैसँग भएको सबैले बाँड्ने समाजवादी परियोजना होइन ।
तर, वर्तमान वित्तीय पुँजीवादी युगमा सबैले स्वतन्त्रतापूर्वक समानताका आधारमा पुँजी बजारमा पहुँच राख्ने र आफ्नो विकासमा लगाउँने मौका पाउँछन् । जसले वित्तीय पुँजीको अनियन्त्रित शोषण अर्थात् वित्तीय एकाधिकारलाई रोक्छ । यस परियोजनाले चीनको आर्थिक वृद्धिलाई अरू मुलुकहरूको वृद्धिमा लगाउने र त्यसमार्फत चीनकै दिगो वृद्धिलाई ठाउँ दिन्छ । यसरी चीन र अरू मुलुकलाई सँगसँगै सबैको साझा भविष्य निर्माण गर्ने सम्भावना दिन्छ । चीनमा रातारात धनी बन्ने होडले देशको सामाजिक असमानताको खाडल पुर्न राष्ट्रपति सिले चिनियाँ विशेषतासहितको समाजवादको नारा अघि सारे । हुनत यो शब्द देङकै सापटी हो । सि विचारधाराअन्तर्गत चीनलाई नयाँ युगमा प्रवेश गराउँन चीनले २०५० सम्मको दुई चरण तयार गरिएको छ । सन् २०२० सम्मलाई पहिलो चरण मानिएको छ । जसअन्तर्गत चीन २०२० सम्म मध्यम समृद्धिको देश बन्नेछ । त्यसपछिका ३० वर्षमा चीन अत्याधुनिक समाजवादी देशमा रूपान्तरण हुनेछ ।
देङको आर्थिक सुधार नीति अपनाउँदै विश्व अर्थतन्त्रमा शक्तिशाली भएको चीन पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारकेन्द्रित नीतितर्फ केन्द्रित भएको छ । सन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा वर्तमान चिनियाँ राष्ट्रपति सिको नाममा नयाँ सिद्धान्त नै स्थापित गरेको थियो । उक्त सिद्धान्तको आधारभूत कुरा व्याख्या गर्दै सिले भनेका थिए, ‘यो नयाँ समय हाम्रो लक्ष्यतर्फ बढ्ने पछिल्ला सफलतालाई कायम राख्ने समय हो । यो समय चिनियाँ विशेषतासहितको समाजवादलाई सफल बनाउन गरिने ऐतिहासिक प्रयासको समय हो । खुलापनबाट उन्नतिको बाटो पनि खुल्छ । आफूलाई एक्लो राखेमा तपाईं पछाडि पर्नुहुन्छ । चीन विश्वका लागि आफ्ना ढोका बन्द गर्दैन, बरु धेरै ढोका खोल्छ ।’
सिको यो भनाइको अर्थ सबैले आफू अनुकूल लगाउने गर्छन् तर बीबीसी हिन्दीसँगको कुराकानीमा जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर स्वर्ण सिंहले भनेका थिए, ‘बजारलाई सीमित स्वतन्त्रतासहित सरकारको कडा निगरानीमा राख्न सक्नु नै चीनको युनिक मोडल हो । यसमा चीन सफल पनि भएको छ ।’

(खरेल टपटेनखबरका प्रधान सम्पादक हुन।)

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: