☰ open

साइकलबाट लडेर एक युवकको मृत्यु

२०७९ असार ४, शनिबार १४:१२
मिडियाखबर

रोल्पा

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ । साइकल चलाउने क्रममा सडकबाट खसेर ३०० मिटर तल पुग्दा गम्भीर घाइते भएका वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights