☰ open

आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीय आन्दोलित

२०७९ असार २०, सोमबार १४:५६
media khavar

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् ।

उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको अनलाइनखबरलाई बताए ।

‘उहाँहरुले सम्मानित अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले अनलाइनखबरसँग भने, ‘हामीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाइ फायर गरेका छौँ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights