☰ open

सप्ताहिक सरसफाइ र पा्रदेशिक पर्यटनहरुको मुख्य गन्तव्य रूपमा प्राचीन दैवभुमि धनुषाधाम

२०७९ असार २०, सोमबार २२:१२
मिडियाखबर

हाम्रो प्राचीन दैवभुमि धनुषमन्दिर/वान गंगामा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानकोतेस्रो हप्ताको कार्यक्रम सम्पन्न भएको छ ।अभियानका संयोजक प्रमोद कुमार यादवको अगुवाइमा सम्पन्न भएको छ । वहाँको भनाइ अनुसार हामीले दिएको एक घन्टा श्रम दानले हाम्रो राष्ट्र, समाज, गाउँ घर टोल सफा र सुन्दर एवं स्वर्ग बन्नुउन सकिन्छ । युवाहरू समाजिक परिवर्तनको संवाहक हुन त्यसको सकारात्मक पहल र नेतृत्वदायी भूमिकाको अटोट तथा ढृढ संकल्प लिनसक्नुपर्छ । प्रसिद्ध चट्टी नेपाली बाबा सीताराम नाम कुट्टिका महन्त खड्का बाबा धनुषाधाम नगरपालिका वडा नं ३ मा अवस्थित एतिहासिक धर्म स्थल सीताराम नाम जप महायज्ञ राम धुन कुट्टी छेउमामै वानगंगाको पुल नजिक नदि लगाईतमा सरसफाइ कार्यक्रम गरिएको संयोजक यादवले बताउनु भयो ।

प्राचीन सभ्यताको इतिहास बोकेका धार्मिक धरोहर एवं धनुषाधाम नगरवासीको आस्थाको केन्द्र रहेको वानगङगा नदि क्षेत्र सेरोफेरोमा सरसफाइ मार्फत फोहोर , दुरगन्ध लाई रोकथाम , न्यूनीकरण सचेतना अभियान मार्फत बातावरण उन्मुख सरसफाइ र सौर्न्दर्यकरण आदि मानवीय समाजको प्रमुख अङ्गको रूपमा अवस्यकता हुन गएको छ। हाम्रो ऐतिहासिक मिथिला पावन संसकृती र संस्कार तथा सभ्यता संसारमे उत्कृष्ट रहेको महान धरोहर लाई संरक्षण र जगेर्ना नवजागण अभियान द्वारा जन्म- कर्मभुमी लाई स्वच्छ र सफा सुन्दर बनाउन जिम्मेवारीबाट पनछिन सकिदैन ।

हाम्रो अभियानको मुख्य आश्य यहीँ ने हो, हिन्दु धर्मावलम्बीमा नदि र पोखरी , सरोवर , कुण्ड , जल आदि लाई देवता मानी पुजा गर्छो । हामीले गरेको विभिन्न दैनिकी कर्म एवं धार्मिक कर्म काण्ड , अनुष्ठाण को निम्ति नदि , पोखरी , फोहर हुने गर्छ ।

यो, यसको सुनदर र सफा गर्ने दायित्व वहन हाम्रो समुदायको ने । हाम्रो अभियानको मुख्य ध्य्ये ने पर्यावरणीयमैत्री जैविक विविधतायुत्त फोहर व्यवस्थापन र हाम्रो वानी सुधार तथा फोहर सफा गर्ने व्यबहार मे उतार्न सकिन्छ भन्नने धारणा स्थापित गर्नु ने हो। हाम्रो ऐतिहासिक भुमि प्राचीन धार्मिक तिर्थस्थल पर्यटन नगरि को गरिमामय भोगोल जो आफेमा मधेसको राजाधानी जनकपुरधाम धार्मिक पर्यटन करिडोरको रूपमा रामायण सर्किट परियोजना अन्तर्गतका मधेस प्रदेशको प्रमुख नमुना एवं गौरवान्वित पर्यावरणीय मैत्री जैविक विविधतायुत्त ऐतिहासिक दैबभुमि धनुषाधाम लाई हाम्रो साझ विरासत पुरातात्त्विक धार्मिक पवित्र तिर्थस्थलको रूपमा प्रख्यात पर्यटनहरुको मुख्य गन्तव्य रूपमा विकास एवं पर्यटन पर्वधन गर्न सकिन्छ ।

यहीँको आर्थिकसामाजिक, रुपान्तरण मा एक क्रान्तिकारी अध्यायको सुरुवात र सभ्य समाज र समृद्ध नगरि रूपमा उपलब्ध प्राकृतिक स्रोत साधनको धनी एवं प्राकृतिक सौर्न्दर्य पार्य-पर्यटन , कृषि , वन्स्पती,संरक्षित वन, समुदायिक, शिक्षा , होमस्टे ,कलचर , काला-संस्कृतिक आदि यहाँको मुटु हो जुन पर्यटकहरू को निम्ति मुख्य गन्तव्य तथा आकर्षक केन्द्र एवं बहुयामिक क्षेत्रमा सम्भावना इतिहास बोकेका हाम्रो दैवभुमि धनुषाधाम हो । हाम्रो सपना आफने जीवन कालमा देखन पाँउ र यो समभ्व छ , नेतृत्वको इच्छाशक्ति तथा दुरदृस्ठि निर्भरता छ । यहाँको समबन्धित निकाय र सरोकार तथा समुदायहरु चासो र पहलले निश्चिति रूपमा सकार हुनसक्छन् ।

सप्ताहिक सरसफाइ कार्यक्रममा निरन्तर सशस्त्र प्रहरी वेस क्याम्प सरसा प्रमुख हरि ढकाल ,इलाका प्रहरी कार्यालय धनुषाधामका प्रमुख दिपक चोरवार ,धनुष जनता मा.वि धनुषाधाम कक्षा १० मा अध्ययनरत विद्यार्थी,सर्सा माई युवा क्लबका अध्यक्ष अशोक यादव सहित, रामपृत महतो, उमेश भण्डारी, दुर्योधन महतो, रवि सहनी, ज्ञान महतो, शंकर ठाकुर, धिरज यादव,दुर्गेस यादव,रेल्वे ट्रक सरसफाइ अभियानको संयोजक रुबि झा, सरसफाइ अभियानी धिरेन्द्र साह ,प्रेम चोहान,निशा अधिकारी रेडियो धनुषका संचालक पत्रकार मुकेश कुमार ठाकुर लगाइतका अभियानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम प्रत्येक शनिबार बिहानको ७ बजे संचालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights