☰ open

चिनियाँ कम्युनिस्ट विदेश विभाग प्रमुख लिउ आज नेपाल आउँदै

४ वर्ष

आज चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै छन्।

चारदिने नेपाल भ्रमणमा आउन लागेका लिउसँग आठ सदस्यीय टोली रहेको छ। नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो ।

गत चैत दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया