☰ open

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ हुनुपर्ने दाबी

२०७९ असार ३०, बिहीबार ११:३२
media khavar

प्रदेश नं १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ। बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

सयुक्त संघर्ष समितिका १६ घटकहरूले संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिम पहिचानमा आधारित प्रदेशका नामहरू सुनिश्चित हुनुपर्ने भए पनि त्यसको विपरित ७ वटा प्रदेशको नाम घोषणा भएकोमा विमति जनाका हुन्।

किराँत याक्थुङ चुम्लुङको समन्वयमा आगामी साउन ५ गते विराटनगरमा बृहत प्रर्दशन गर्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले जानकारी दिइन्। ‘विश्वभरिका आदिवासीहरु आज आआफ्नो पुर्खौली भूमि र त्यसको नामांकनको लागि लडिरहेको सन्दर्भमा लामो समयदेखि हाम्रो भूमि लिम्बूवानको लागि निरन्तर लडिरहेका थियौँ÷छौँ।’

विज्ञप्तीमा भनिएको छ,‘त्यसकारण वर्तमान अवस्थामा १४ जिल्ला रहेको प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमि एवं पहिचानका आधारमा लिम्बूवान किराँत उपयुक्त भएको ठहर गर्दै……मुख्यमन्त्री समक्ष मोर्चाले ज्ञापनपत्र बुझाइसकेका छौँ। हाम्रो आन्दोलन जारी छ।’ नामाकरणका विषयमा पहिचानवादी सवै एकजुट भएर लाग्न समेत जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष कृतिमान मादेनले आह्वान गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights