☰ open

काभ्रेपलाञ्चोकका युवकको खोलामा डुबेर मृत्यु

२०७९ श्रावण ४, बुधबार ११:१४
media khavar

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ४ स्थित युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलाञ्चोक घर भएका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भएका २८र२९ वर्षीय तीर्थ तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार खोलामा डुबी मृत्यु भएका तामाङको शव पोष्टमार्टका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा राखिएको छ।

मृतकका आफन्त आउँदै गरेको र आएपछि पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने समेत प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights