☰ open

जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी

४ वर्ष

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिने भएको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्। स्रोतका अनुसार आज नै शर्माले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिने बताइएको छ।

बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्येरातमा अर्थ मन्त्रालय बोलाएर करको दर हेरफेर गरेको आरोप शर्मालाई लागेको थियो। आरोप लागेसँगै छानिबनका लागि संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो। समितिले शर्मालाई निर्दोष ठहर गरेसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया