☰ open

शताब्दी पुरुष जोशीको दाहसंस्कार नगरिने

२०७९ आश्विन ३०, आईतवार ०९:५२
media khavar

काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ ।

आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने दाहसंस्कार नगरिने भएको हो । जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ । उनको दाहसंस्कार कसरी कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच केहीबेरअघि छलफल भएको थियो। जोशीले यसअघि आफनो शरीर किष्ट अस्पताललाई दान गरिसकेकाले परिवारका सदस्यले दाहसंस्कार नगर्न तयार भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights