☰ open

धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन हार्दिक आह्वान : नेपाली कांग्रेसले

२०८० आश्विन १७, बुधबार १६:४४
मिडियाखबर

नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सद्भावका लागि अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै  केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दछ भनेका छन् । उनले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिल गरेका छन् ।

अपिलमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकतावद्ध भई मिलेर बसेका छौं र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न/नगराउन हार्दिक आह्वान गर्दछौं ।’

संवेदनशीलतालाई मध्यनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न कांग्रेसले अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights