☰ open

इजरायलले आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने

२०८० आश्विन २५, बिहीबार १७:०४
मिडियाखबर

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने इजरायलका ऊर्जामन्त्री काट्जले घोषणा गरेका छन् ।

“बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म बिजुलीको स्वीच खोलिने छैन । पानी चलाइने छैन । र, कुनै पनि इन्धनको ट्रक भित्र पस्ने छैन,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मानवीयताका लागि मानवीयता र कसैले हामीसँग नैतिकताको प्रचार गर्ने छैन ।”

इजरायलले गाजामा हमासलक्षित ठूलो आक्रमण गरिरहेको त्यहाँको रक्षा बलले बिहीबार जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights