☰ open

भुपालमासिंह भूकम्पबाट प्रभावित बनेकाहरुलाई १० लाख सहयोग

२०८० कार्तिक २२, बुधबार १४:४९
मिडियाखबर

भुपालमासिंह कार्की प्रज्ञापरिषद्ले शुक्रबार जाजरोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई सहयोगका लागि नेपाल सरकारलाई १० लाख सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री देैवी राहत कोषमा १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार संस्थाका कोषाध्यक्ष बालमानसिंह कार्कीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights