☰ open

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीको राजीनामा माग्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन

२०८० पुष ५, बिहीबार १६:२०
मिडियाखबर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आन्दोलन गरेको छ ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित सङ्घसंस्थाले विरोध जनाएका छन् ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।

अध्यक्ष पुरुषले पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights