२ वर्ष
२० जेठ, धनगढी । आइतबार दिउँसो बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, खेलकुल, स्वरोजगार, सामाजिक न्याय, सूचना प्रविधिलाई प्राथमिकता दिइएको जस्तो देखिए पनि प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरै जसो पुराना कार्यक्रम समावेश गरेको पाइएको छ ।
प्रदेशमा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण तथा वैदेशिक पलायन रोक्ने कार्यक्रमलाई प्राथमिकता दिने भन्दै आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सुरु गरेका प्रदेश प्रमुखले लगानीमैत्री वातावरण बनाउन नीतिगत व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया