२ वर्ष
मिडियाखबर
काठमाडौँबाट गौर तर्फ आउने क्रममा आज बिहान मुग्लिङ–नारायणगढ सडकखण्ड पहिरोमा परेर बेपता भएको गणपति डिलक्स बसमा सवार २८ जना यात्रु बेपता भएको खुलेको छ। बसमा रहेका ३१ यात्रु मध्ये ३ जनाले भने हामफालेर ज्यान जोगाएका थिए।
बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही नगरपालिका करुनियाका २ जना र वृन्दावन नगरपालिका सिसवा धमौराका एकजना गरी तीन जनाले हामफालेर ज्यान जोगाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया