☰ open

घरको गेटमा राखिएको प्रेसर कुकुर ‘होक्स’

२०७९ असार १०, शुक्रबार १०:४३
media khavar

नेकपा एमाले झापाका अध्यक्ष एवं संविधान सभा सदस्य दीपक कार्कीको गौरादहस्थित घरको गेटमा तार जोडेर राखिएको प्रेसर कुकुर ‘होक्स’ रहेको प्रहरीले जनाएको छ । शुक्रबार विहान साढे ५ बजे कार्कीको घर अगाडि तार जोडिएको प्रेसर कुकर भेटिएपछि त्यहाँ तत्काल प्रहरी पुगेको थियो ।

कुकर बम जस्तो देखिने शंकास्पद वस्तु देखिएपछि तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीसंग समन्वय गरेर सोहि टोलीले उक्त प्रेसर कुकर डिस्पोज गर्दा केहि पनि विस्फोटक पदार्थ नपाईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तार जोडिएको कुकर खाली रहेछ, ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दीलिप गिरीले बताए । प्रहरीले विहानैदेखि प्रेसर कुकर रहेको स्थल आसपास घेरा हालेर सुरक्षा दिएको थियो ।

तर्साउने उदेश्यले पुरानो प्रेसर कुकरमा तार जोडेर घर अगाडि राखिएको हुनसक्ने प्रहरीको भनाई रहेको छ । यस घटनाको बिषयमा गम्भिर रुपमा अनुसन्धान शुरु गरेका छौ, गिरीले भने ।

प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आफुहरुको घर अगाडि तार जडित प्रेसर कुकुर राख्नेको पहिचान गरेर छिटो कार्वाही प्रक्रिया प्रशासनले शुरु गर्नु पर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights