☰ open

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

४ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा बस्न लागेको हो।

बैठक आज र भोलि दुई दिनसम्म चल्ने जनाइएको छ। आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया