☰ open

सर्वोच्चको फैसलाको कांग्रेसद्वारा स्वागत

५ वर्ष

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुनेगरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

विज्ञप्तिमा देउवाले कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको उल्लेख गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया