☰ open

लुडोको गोटि र हाम्रो नियति

२०७७ माघ ५, सोमबार ०७:४२
मिडियाखबर

 

संजय प्रसाद पौडेल

मेरो एउटा साथी थिए जनकपुर पढ्दा खेरी। तिनी रा रा ब क्याम्पसमा बिज्ञान पढ्थे। हामी वैश्य कर्म पढ्थ्यौ। उनी तिक्ष्ण थिए पढ्नमा,  र त बिज्ञान नै रोजे। हामिले पढेको बिषयलाई साथिहरुनै “छोरी बिग्री के जातिले छोरो बिग्र्यो कमर्सले ” भनेर उडाउथे।

विषय फरक भए पनि डेरा एउटै थियो। हामी लुडो खेल्थ्यौ छुट्टीमा।  उनको गोटि धेरै पल्ट कारबाहीमा पर्थ्यो। कहिले त ६ न आई ती मुर्मुरिन्थे । अनि कहिले ९९ मा गएर सर्पको मुखमा जान्थ्यो । त्यसपछि एकै पल्ट फेरि मुनि को मुनि। उनी भन्ने गर्थे, ” सन्जय! यो गुरुत्वाकर्सनको नियम गलत छ, खास गरि नियतिको लागि। चालको नियम, पहिलो, दोस्रो र तेस्रो अनि प्रबेग,  इनर्सिया यी सब तेतिखेर मात्र काम गर्छन जब यिनिहरुमाथी नियती हाबी हुदैन। यिनिहरुमाथी नियती हाबी भएपछि सबै विघटन हुन्छ।”

“कसरी? ” मैले सोधे।

” समान बल र गति मिलाएर लुडोको गोटि फ्याँक्दा कहिले समान अंक झर्दैन। यदि गुरुत्व बल ठिक हुँदो होत किन समान बल र समान गति फ्याँक्दा  फरक नतिजा? तिमिहरु चाहेको नम्बर ल्याउछौ र गोटि पिलाउछौ। मेरो “६” एक त आउनै मान्दैन र आए पनि ढिलो आउँछ। तर आए पनि यात गोटि काटिन्छ या त ९९ मा गएर सर्पको मुखमा पर्छ। यी गुरुत्वबल र गतिका नियमहरु शाश्वत सत्य छन भनेर म प्रतेक दिन पढ्छु। तर सत्य छन नियती हाबी नहुन्जेल मात्र।”

उस्का ताल न बेतालका कुराले मलाई झस्क्याउथ्यो। मैले पछि मात्र बिपि कोईरालाको हिटलर र यहुदी पढ्ने मौका पाँए। कोइरालाले पनि त्याँहा नियतिका कुरा उठाएका छन।

जिब्रो त्यही हो, स्रोता उहीँ हुन, त्यो जिब्रो अट्ने मुख त्यही हो। तर गति र नियतिका कारणले फरक परिणाम ल्याई रहेको छ । म आज बुझ्दैछु ती मेरा बिज्ञान पढ्ने साथिले भनेका कुराहरु।

आज हाम्रो राजनीति त्यस्तै लुडोको गोटि भएको छ। यो आफ्नो गन्तव्यमा नपुग्दै सर्पको मुखमा परेको छ। जनताले दिएको दुई तिहाई मतको अपमान भएको छ। जनतामा निराशा छाएको छ।यो फेरि कुन नियतिको खेलमा पर्यो बुझ्न सकिएको छैन। खास गरि मलाई एउटा कुरा भन्न मन छ। त्यो के हो भने हाम्रो देशको जनता असल छन् तर हाम्रा नेताहरूले जिम्मेवारी बोध गर्न सकेनन्। जनताको कल्याण भन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेकोले आज फरक परिणाम आई राखेको छ। वैश्य कर्म पढेर भन्दा बरु छुट्टीमा लुडो खेलेर केही ज्ञान् आर्जन गरिएछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights