☰ open

बदलिँदै नेपाली समाज

२०७७ माघ १२, सोमबार ०८:०४
मिडियाखबर

संजय प्रसाद पौडेल

नेपाली समाज कुन ढंगले बदलिँदै छ आज समाजसास्त्री र मानबसास्त्रीहरुको टाउको दुखाईको बिषय रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संबैधानिक निकायमा आयुक्त जस्तो गरिमामय पदमा पदासिन राज नारायण पाठक र पुर्ब प्रमुख आयुक्त दिप बस्न्यातलाई बिशेष अदालतले मुद्दा चलाउनुले के संकेत गर्छ भने संबैधानिक निकायका प्रमुखहरूनै जो अगुवा उहीँ बाटो हगुवाको उखान चरितार्थ कसरी गरिराखेका छन भन्ने प्रष्ट संकेत गर्छ। यस घटनाले जनाउछ समाज कसरी भ्रष्टाचारको जञ्जालमा जकडिदै छ।

राज्यको एउटा निकाय का पदाधिकारी जसको जिम्मेवारी नै भ्रष्टाचार नियन्त्रण गर्नु हो। अर्को सब्दमा लेख्दा अख्तियारको प्रमुख आयुक्त , आयुक्तको काम र कर्तव्य र जिम्मेवारी नै भ्रष्टाचारिलाई कानुन बमोजिम कामकारबाही गर्नु हो। तर एक पछि अर्को गर्दै जसरी अख्तियारका आयुक्त र पुर्ब प्रमुख आयुक्त विशेष अदालतको ढोका तिर डोर्याईन्छन भने बुझ्नु कि हाम्रो समाज कता जादैछ।

अहिले नेपाली समाजमा जसरी भए पनि पैसा कमाउने होडबाजी चलेको छ त्यस्ले नेपाली समाजको जरोमा रहेको मुल्यमान्यतामानै प्रश्न चिन्ह खडा गरेको छ। जसरी भए पनि पैसा जम्मा गर्नु पर्छ भन्ने भावनालेनै समाज झन्झन् भ्रष्टाचार उन्मुख भएको समाजसास्त्रीहरु बताउँछन्। अर्को तर्फ महगो शिक्षा प्रणाली, बिलासी जीवन, बिदेश घुम्ने तथा उतै सपिङ्ग गर्ने संस्कृतिमा आएको परिवर्तन, दैनिक जीवन गुजारा गर्न कठिनाई , चर्को स्वास्थ सेवा , अशुरक्षित भबिस्य आदिनै भ्रष्टाचारको प्रमुख कारण रहेको बताईन्छ।

केही विश्लेषकहरुले के बताउँछन भने परिबारिक बिखन्डन पनि भ्रष्टाचारको एउटा  कारण हुन सक्छ । अहिले नेपाली समाज व्यापक रुपले बिखन्डन तिर अघि बढदै छ। परिबार संयुक्तबाट एकात्मक हुँदैछ। यस्तोमा कतिपय केटाकेटीले आफ्नो हजुरबुबा, हजुरआमा, काका काकी, ठुलो बुवा ठुलो आमा, तथा काका काकी र ठुलो बुवा -आमाका छोरा छोरी जो उनिहरुका आफ्ना दाजुभाइ दिदि हुन देख्न पाएका छैनन् । यसरी बिखन्डन हुँदा समाजमा केटाकेटीलाई मनोसामाजिक समस्या त भैइ राखेको छ भने उनिहरुको अभिभावकलाई भौतिक स्रोतको अभाव हुनुले सो को पुर्ती गर्न भ्रष्टाचार गर्नु पर्ने बाध्यता रहेको छ।

अहिले गाउँ घरको चियापसल तिर प्राय सुनिने एउटा कुरा केहो भने “फलानो भ्रष्टाचारको आरोप प्रमाणित भै जेल गयो त के भो ? सात पुस्तालाई पुग्ने गरि कमाई हाल्यो। अब एक बर्षमा जेलबाट रिहा भैहाल्छन” आदि ईत्यादी। यी र यस्ता खालका भ्रष्टाचारलाई बढाउने उक्स्याने जस्ता वाक्यहरु सुनिनु सामान्य भैसकेको छ।

त्यति मात्र नभै मानिसमा भएको साँस्कृतिक परिवर्तन, भोगबिलासको बस्तुको निर्बाध आयात पनि भ्रष्टाचारको प्रमुख कारक तत्व हुन सक्छ भनेर समाजसास्त्रीहरुले बताउँदै आएका छन्। अहिले के बच्चा के बुढा सबैलाई पाश्चात्य सभ्यताले गाजिसकेको छ। आज शहरिया त के प्रत्येक गाउँमा मानिसहरुका कपाल रंगिएका छन्। त्यसै गरि सहरमा वस्ने को त के कुरा गरौँ गाउँमा वस्नेले समेत मोहीको सट्टा कोक, पेप्सी पिउन थालेको छ। रक्सीको पसल जता ततै खुलेको छ तर दुध किन्न भने निकै टाढा धाउनु पर्छ।  त्यो पनि चांडबाडको बेला सजिलै पाउन मुस्किल छ।

अहिले एउटा देखिने परिवर्तन भनेको प्रत्येकको हात हातमा मोबाइल हुनु हो। तर मोबाइलमा कति पैसा खेर जान्छ त्यो याँहाका अर्थासास्त्रिले बिचार पुर्याएका छन् ? धेरै जसो युवाहरु आफ्नो गाउँ खेत खरियाँन बाँझो राखेर मलेसिया खाडी पलायन भएका छन्। सरकारमा बस्नेहरु र नीति निर्माणको काम गर्नेहरु एकातिर स्वदेशमै युवाहरुलाई काम दिएर उद्दमशिलताको बिकास गरिनु पर्छ भन्छन भने अर्को तिर बैदेशिक रोजगारको नीति अघि सारेर श्रम बजारमा हाम्रो युबाहरुको पसिना र रगतसंग रेमिट्यान्स साटछन्। दु:खको कुरा यता मुरी का मुरी फल्ने खेत बाझै वसेर अन्न जति सबै आयात गर्नु पर्ने अवस्था छ भने उता दैनिक ३ देखि ५ वटा युबा कामदारको लाश बाक्सामा बन्द भएर विदेशबाट नेपाल भित्रिन्छ। मलेसिया खाडी पलायन भएका छन्।  दुखको कुरा यता मुरी का मुरी फल्ने  खेत बाझै वसेर अन्न जति सबै आयात गर्नु पर्ने अवस्था छ भने उता दैनिक ३ देखि ५ वटा युबा कामदारको लाश बाक्सामा बन्द भएर विदेशबाट नेपाल भित्रिन्छ। अनि राजनीतिले अपराध र भ्रस्टचारलाई  संरक्षण गरेको छ। राजनीति केहि स्वार्थि र लोभी मान्छेको पेशा र शक्ति आर्जन गर्ने बिषय बनेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights